रामेछाप । रामेछापको मन्थली नगरपालिका–१३ फुला सी स्थित आरु बोटेमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना स्वास्थ्यकर्मी घाइते भएका छन् । सोमबार मन्थली नगरपालिका–१३ आरु बोटेबाट दोलखा तर्फ जाँदै गरेको बा.प्र.०२–००७ प ३८७४ नम्बरको मोटरसाइकल ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । चालक सहित चार जना सवार मोटरसाइकल दुर्घटना हुँदा दोलखाको मेलुङ गाउँपालिका–६ स्थित स्वास्थ्य चौकी इन्चार्ज सर्लाहीको गोठेटा नगरपालिका वडा नं २ वेलुवाजदी घर भएका वर्ष २५ का हरेन्द्र बैठा, गुल्मी जिल्ला घर भई मेलुङ्ग गाउँपालिका–२ स्थित स्वास्थ्य चौकी इन्चार्ज वर्ष २१ का मनिष पन्थी घाइते भएका छन् । त्यसै गरी सर्लाही बरखवा नगरपालिका–५ टिपर भित्ता घर भई मेलुङ्ग गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी इन्चार्ज वर्ष २४ को उजित ठाकुर घाइते भएका छन् । मोटरसाइकल दुर्घटनामा घाइते भएकाहरूको धुलिखेल अस्पताल किर्नेटार,दोलखामा उपचार भइरहेको र उनीहरू सबैको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
घाइतेको अवस्था
१) मो.सा.चालक जिल्ला सर्लाही गोठेटा न.पा.वडा नं.२ वेलुवाजदी घर भई जिल्ला दोलखा मेलुङ्ग गा.पा. वडा नं.६ को स्वास्थ्य चौकी ईन्चार्ज वर्ष अं.२५ को हरेन्द्र बैठा,अवस्था सामान्य ।
२) जिल्ला गुल्मी घर भई जिल्ला दोलखा मेलुङ्ग गा.पा.वडा २ को स्वास्थ्य चौकी ईन्चार्ज वर्ष अं.२१ मनिष पन्थीको टाउकोमा चोट अवस्था मध्यम ।
३) जिल्ला सर्लाही बरखवा न.पा.१५ टिपरभित्ता घर भई जिल्ला दोलखा मेलुङ्ग गा.पा.वडा नं.१ को स्वास्थ्य चौकी ईन्चार्ज वर्ष अं.२४ को उजित ठाकुर को हात खुट्टामा सामान्या चोट,अवस्था सामान्य ।
रामेछापमा चार जना सवार मोटरसाइकल दुर्घटना, तीन जना स्वास्थ्य चौकी इन्चार्ज घाइते
- प्रकाशित मिति: मंगलबार, बैशाख २५ २०८१
- तामाकोशी