रामेछाप । रामेछापमा सोमबार एकै दिन भएको छुट्टा छुट्टै सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।सोमबार बिहान मन्थली नगरपालिका–७ मन्थलीघाट नजिक टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक गम्भीर घाइते भएका छन् । यो दुर्घटनामा रामेछापको गोकुलगङ्गा गाउँपालिका–३ रस्नालुका २३ वर्षीय पवित्र बस्नेतको ज्यान गएको र टिपर चालक दोलखाको तामाकोशी गाउँपालिका–६ का २१ वर्षीय सहचालक मनोज फुयाँल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भीर घाइते फुयाँललाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । बालुवा लिएर भटौलीबाट मन्थलीतर्फ आउँदै गरेको बा प्र ०१–००६–३८३९ नं को टिपर सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको थियो ।
यस्तै जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं. ३ भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने पछाडि बस्ने घाइते भएका छन् । तिल्पुङबाट काठमाडौ हिडेको बा८९ प ४३८२ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका २६ वर्षका चालक अशोक कार्कीको उपचारको क्रममा सिन्धुलीको खाल्टे अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो १ बजेको समयमा भिरपानी स्थित चार घरे चोक नजिकै मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको प्रहरीको भनाई छ । दुर्घटनामा परी गम्भीर घाइते मन्थली नगरपालिका–३ कठजोरका कार्कीको टाउकोमा गहिरो चोट लागेको अवस्थामा उपचारका क्रममा मृत्यु भएको र मोटरसाइकलमा पछाडि सवार दोलखा जिल्लाको मेलुंङ गाउँपालिका–२ घ्याङका ३० वर्षका सज्जित दर्जीको अवस्था भने सामान्य रहेको प्रहरी नायव उपरीक्षक सिंहले बताउनुभयो ।
रामेछापमा छुट्टा छुट्टै सडक दुर्घटनामा परी दुई जनाको मृत्यु, दुई जना घाइते
- प्रकाशित मिति: सोमबार, बैशाख ३ २०८१
- तामाकोशी