रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा भिरबाट लडेर एक युवकको ज्यान गएको छ । दोरम्बा शैलुङ गाउँपालिका–७ का २२ वर्षीय विशाल घतानीको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरीका अनुसार मृतक घतानी फागुन २९ गते मङ्गलवार अपराह्न ४ बजे दोरम्बा शैलुङ गाउँपालिका–४ दर्गा स्थित मामा घरमा गएका थिए । मामा घरबाट फर्कने क्रममा दर्गा स्थित छिरिङ भिरबाट लडेर घतानीको ज्यान गएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घतानी भिरबाट अन्दाजी दुई सय मिटर तल लडेर चौरी खोलाको बगरमा मृत अवस्थामा भेटिएका थिए । अहिले घटनको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
दोरम्बा शैलुङ गाउँपालिकामा भिरबाट लडेर एक युवकको ज्यान गयो
- प्रकाशित मिति: बुधबार, फाल्गुन ३० २०८०
- तामाकोशी