नेकोस वाग्मती प्रदेश स्तरीय पुरुष भलिबलको उपाधि चितवनलाई

  • प्रकाशित मिति: शनिबार, माघ ७ २०७९
  • तामाकोशी

रामेछाप । नेकोस वाग्मती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि चितवन जिल्लाले जितेको छ ।
शनिबार रामेछापको मन्थलीमा भएको फाइन खेलमा रामेछापलाई पराजित गर्दै चितवनले उपाधि जितेको हो । चितवनले रामेछापलाई २५–१८, २५–१८ र २५–२३ को सोझो सेटमा हराएको हो । खेलको विजेता बन्दै चितवनले २ लाख नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बन्ने रामेछापले १ लाख रुपैँया नगद, ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ ।
प्रतियोगितामा धादिङलाई हराउँदै सिन्धुपाल्चोक तेस्रो भएको थियो । सिन्धुपाल्चोकले नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । चौथो स्थान प्राप्त गरेको धादिङले ३० हजार नगद पुरस्कार पाएको आयोजक राष्ट्रिय खेलकुद महासंघ नेपाल वाग्मती प्रदेश कमिटीका अध्यक्ष सिताराम कार्कीले जानकारी दिनुभयो ।