रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा जारी नेकोस वाग्मती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि रामेछाप जिल्ला र चितवन जिल्लाबिच प्रतिस्पर्धा हुने भएको छ। प्रतियोगिता अन्तर्गत शुक्रवार भएको सेमिफाइनल खेलमा धादिङ जिल्लालाई हराउँदै रामेछाप र सिन्धुपाल्चोक जिल्लालाई हराउँदै चितवन फाइनल प्रवेश गरेको छ । धादिङलाई २५–२३, २५–१४, २३–२५ र २५–१५को सेटमा हराउँदै रामेछाप प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । त्यसै गरी सिन्धुपाल्चोकलाई २५–१५,२५–२१ र २५–१४ को जित निकाल्दै चितवन जिल्ला फाइनल प्रवेश गरेको हो । अब रामेछाप र चितवनबिचको फाइनल खेल शनिवार मध्यान्ह १२ बजे हुने आयोजक नेपाल खेलकुद महासङ्घ वाग्मती प्रदेश कमिटीले जनाएको छ । लिक कम नक आउट वेस्ट अफ फाइभ सिस्टममा खेलाइएको प्रतियोगितामा तेस्रो स्थानका लागि शनिवार बिहान ८ः३० बजे धादिङ र सिन्धुपाल्चोक जिल्लाबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले २ लाख नगदसहित, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः १ लाख, ५० हजार र ३० हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।
नेकोस वाग्मती प्रदेश स्तरीय भलिबल प्रतियोगिता : रामेछाप र चितवनबिच फाइनल भिडन्त
- प्रकाशित मिति: शुक्रबार, माघ ६ २०७९
- तामाकोशी