रामेछाप । रामेछापको भूजीमा सञ्चालन हुँदै आएको उमाकुण्ड लिग–२०७९ आजबाट सुरु भएको छ । लिखु भूजी रामेछाप युवा क्वलको आयोजनामा खेल सुरु भएको हो । उमाकुण्ड गाउँपालिकाको प्रायोजन र उमाकुण्ड गाउँपालिका–७ को सहप्रायोजन प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताको विजेताले १ लाख ५० हजार पुरस्कार पाउने छ । त्यस्तै द्वितिय हुने टिमले १ लाख नगद सहित ट्रफि र प्रमाणपत्र पाउने छ । भूजीमा हरेक वर्ष सो प्रतियोगिता हुँदै आएको छ । खेल भूजीको खेल मैदानमा सुरु भएको छ ।
उमाकुण्ड लिग फुटबल सुरु
- प्रकाशित मिति: शुक्रबार, पुष १ २०७९
- तामाकोशी