काठमाडौं । महिला युरो(२०२२ को पहिलाले सेमिफाइनल खेलमा आज स्विडेन र आयोजक इङल्यान्ड भिड्दैछन् ।
ब्रमल लेन स्टेडियममा हुने खेल नेपाली समय अनुसार मंगलबार राती १२ः४५ बजे सुरु हुनेछ । घरेलु मैदान र घरेलु दर्शकबीच उत्कृष्ट जित निकाल्दै फाइनल पुग्ने लक्षसहित इङल्यान्ड मैदान उत्रिनेछ । तर इतिहास हेर्दा इङल्यान्डभन्दा स्विडेन बलियो देखिन्छ । फिफा वरियताको दोस्रो स्थानमा रहेको स्विडेन हालसम्म महिला युरोमा इङल्यान्डसँग सातौं पटक भिड्दैछ । यस अघिका ६ खेलमा इङलयान्डले स्विडेनविरुद्ध एक खेलमा मात्रै जित निकालेको छ ।
सन् १९८२मा आयेजना भएको पहिलो युरोकपको उपाधि जितेयता स्विडेन युरो कपमा तीनपटक फाइनल पुगेर पराजित भएको छ । यस्तै तीनपटक सेमिफाइनलबाट बाहिरिएको छ । समूह चरणम अपराजित रहँदै इङल्यान्ड क्वार्टरफाइनल पुगेको थियो । क्वार्टरफाइनल खेलको अतिरिक्त समयमा स्पेनमाथि २–१ को नतिजामा जित निकाल्दै इङल्यान्डले सेमिफाइनल यात्रा तय गरेको थियो ।
महिला युरोको दोस्रो सेमिफाइनल बुधबार राती फ्रान्स र जर्मनीबीच हुनेछ ।