राष्ट्रिय क्रिकेट टिमको मूख्य प्रशिक्षकमा पुबुदु नियुक्त

  • प्रकाशित मिति: शनिबार, मंसिर २५ २०७८
  • तामाकोशी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मूख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

क्यानको प्रशिक्षक छनोट समितिले दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णयलाई शनिबार बिहान बसेको क्यानको बोर्ड बैठकले अनुमोदन गरेको हो ।



५१ वर्षीय पुबुदु यसअघि सन् २०११ मा नेपालको प्रशिक्षक नियुक्त भएका थिए। त्यतिबेला उनले श्रीलंकन प्रशिक्षक रोय डायसको स्थान लिएका थिए।