बेन्जेमाको ह्याट्रिकमा रियलको शानदार जित (भिडियोसहित)

  • प्रकाशित मिति: सोमबार, भाद्र २८ २०७८
  • तामाकोशी

एजेन्सी । करिम बेन्जेमाको ह्याट्रिकको मद्दतले दुईपटक गोलले पछि परेको स्थिति उल्टाउँदै रियल म्याड्रिडले सेल्टाभियोमाथि शानदार जीत हासिल गरेको छ । आफ्नो घरेलु मैदानमा ५६० दिन पछि फर्किएको रियलले ५–२ को जीत हासिल गरेको हो ।

सान्टी मिनाले पाहुना टोलीलाई खेलको शुरुवातमा नै अग्रता दिलाए पनि बेन्जेमाले बराबरी गोल फर्काएका थिए । फेरि फ्रान्को कर्भीले सेल्टालाई अग्रता दिलाए भने बन्जेमाले पुनः खेल बराबरी गरे । भिनिसियस जुनियरले रियलका लागि तेस्रो गोल गरे भने युवा खेलाडी एडवार्डो कामाभिङ्गाले डेब्यूको छैटौँ मिनेटमा गोल गरे । ८७ औँ मिनेटमा गोल गर्दै बेन्जेमाले आफ्नो ह्याट्रिक पूरा गरे । जीतसँगै कार्लो एन्चेलोटीको टोली ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।



रियलले सन् २०२० को मार्च १ पछि सान्टिायागो बर्नेबेउमा पहिलो खेल खेलेको हो । त्यतिबेला रियलले बार्सिलोनालाई एलक्लासिकोमा हराएको थियो । पहिलो खेलमा ३० हजार समर्थकहरुलाई मैदान प्रवेश गर्न अनुमति दिइएको थियो ।