नेपाललाई जितका लागि १३५ रनको सामान्य लक्ष्य (बल बाइ बल लाइभसहित)

  • प्रकाशित मिति: मंगलबार, भाद्र २२ २०७८
  • तामाकोशी

एजेन्सी । पपुवा न्युगिनीले नेपाललाई १३५ रनको सामान्य लक्ष्य दिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पपुवा न्युगिनीले ३३ ओभरमा अलआउट हुँदै १३४ रन मात्र बाउन सक्यो ।

पपुवा न्युगिनीका लागि कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । उसका लागि लिगा सियाकाले सर्वाधिक ३० रनको योगदान दिँदा कर्लेस अमिनीले २३ र गौडी टोकाले २३ रन जोडे ।



नेपालका लागि सन्दीप लामिछानेले ४, विक्रम सोब र कुशल मल्लले समान २–२ विकेट लिँदा सोमपाल कामीले एक विकेट हात पारे । बल बाइ बल लाइभ हेर्न यहाँ क्लिक गर्नुहोला ।