युरोकपः हेभिवेट क्वार्टरफाइनलमा कसको खेल कहिले ?

  • प्रकाशित मिति: बुधबार, असार १६ २०७८
  • तामाकोशी

काठमाडौं । १६औँ संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

यसपटक बेल्जियम, इटाली, स्पेन, स्वीट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन् । युरोकप फुटबलको सर्वाधिक विजेता टोली जर्मनी प्रतियोगिताबाट बाहिरिएको छ । त्यस्तै, दुईपटकको विजेता फ्रान्स पनि बाहिरिएको छ । साबिक विजेता टोली पोर्चुगल पनि प्रतियोगिताबाट बाहिरिएको छ ।



प्रतियोगिताअन्तर्गत अन्तिम आठका खेलहरु आउँदो शुक्रबारबाट सुरु हुनेछ ।
क्वार्टरफाइनल समीकरण
शुक्रबार राति ९ः४५ बजे – स्वीट्जरल्यान्डविरुद्ध स्पेन
शुक्रबार राति १२ः४५ बजे – बेल्जियमविरुद्ध इटाली
शनिबार राति ९ः४५ बजे – चेक रिपब्लिकविरुद्ध डेनमार्क
शनिबार राति १२ः४५ बजे – युक्रेनविरुद्ध इंग्ल्यान्ड