एजेन्सी । कोपा अमेरिका फुटबलमा ब्राजिलको विजयी यात्रा सकिएको छ । आइतबार राती भएको खेलमा इक्वेडरसँग एक-एक गोलको बराबरीमा रोकिएसँगै ब्राजिलको विजयी यात्रा सकिएको हो । यसअघिका सबै खेलमा ब्राजिल विजयी भएको थियो ।
प्रमुख खेलाडी नेयमारलाई आराम दिएको खेलमा अग्रता भने ब्राजिलले लिएको थियो । उसका लागि मिलाटोले ३७ औँ मिनेटमा गोल गरेका थिए । इक्वेडरका मिनाले ५३ औँ मिनेटमा बराबरी गोल फर्काए । बराबरीसँगै ब्राजिल १० अंकसहित समूह बी को शीर्ष स्थानमा छ ।
इक्वेडर भने चौथो स्थानमा छ । गएराती नै भएको अर्को खेलमा पेरुले भेनेजुयलालाई १-० गोलले हराएको छ ।