दुई पटकको च्याम्पियन चिली पाराग्वेसँग लज्जास्पद हार (भिडियोसहित)

  • प्रकाशित मिति: शुक्रबार, असार ११ २०७८
  • तामाकोशी

काठमाडौं । शुक्रबार बिहान चिलीलाई २-० गोलको नतिजामा पराजित गरेसँगै पाराग्वेले कोपा अमेरिकाको प्रि-क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

समूह ए अन्तर्गत ब्रासिलियामा भएको खेलमा दुई पटकको चिलीविरु’द्ध पाराग्वलाई जित दिलाउन ब्रायन सामुदियो र मिग्वेल अल्मिरनले एक/एक गोल गरे । सामुदियोले गरेको पहिलो अन्तर्राष्ट्रिय गोलसँगै पाराग्वेले ३३औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफमा १-० ले पछि परेको चिलीले दोस्रो हाफमा १३ मिनेट नबित्दै दोस्रो गोल खायो ।



चिलीका कप्तान ग्यारी मोडेलले फरवार्ड कार्लोस गोन्जालेजमाथि पेनाल्टी एरियामा गरेको फाउलसँगै पाराग्वेले अग्रता दोब्बर पार्ने मौका पाएको थियो । सोही पेनाल्टीको सदुपयोग गर्दै अल्मिरनले ५८औं मिनेटमा पाराग्वेको अग्रता दोब्बर पारेका थिए । यद्यपि, पराजयका बाबजुद चिलीले क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ । समूह चरणका चार खेलमा ५ अंक हासिल गरेको चिलीसँगै अर्जेन्टिना, पाराग्वे र उरुग्वे समूह चरणबाट क्वार्टफाइनलमा पुगिसकेका छन् ।

समूह एबाट बोलिभिया मात्रै समूह चरणबाट बाहिरिसकेको छ । १० टोली सहभागी प्रतियोगिताको पहिलो चरणका दुई समूहबाट ४-४ टोली क्वार्टफाइनलमा पुग्नेछन् ।