ब्राजिलको कोलम्बियामाथि संघर्षपुर्ण जित

  • प्रकाशित मिति: बिहिबार, असार १० २०७८
  • तामाकोशी

एजेन्सी । सब्सिच्युट फरवार्ड रोबर्टो फिर्मिनो र क्यासमिरोले गोल गरेपछि घरेलु टोली ब्राजिलले कोपा अमेरिका कपमा कोलम्वियामाथि पुनरागमन जित निकालेको छ ।

एक गोलले पछि परेको अवस्थामा ब्राजिलले कोलम्वियामाथि २–१ को पूनरागमन जित निकाल्दै समूहमा लगातार तेस्रो जित निकालेको हो । खेलको १०औं मिनेटमा कोलम्बियाका लुई डियाजले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। उनको अग्रतालाई ७८औं मिनेटमा रोबर्टो फिर्मिनोले गोल गर्दै बराबरीमा पुर्‍याएका थिए।



फिर्मिनोको उक्त गोलमा कोलम्बियाले प्रश्न उठाएको थियो। नेयमारले गरेको पास रेफ्रीलाई लागेर फिर्मिनोले पाएका थिए। उक्त समयमा कोलम्बियाका खेलाडीहरू अलमलिएका थिए। पछि भारको साहयतामा उक्त गोललाई मान्यता दिइएको थियो। दोस्रो हाफमा १० मिनेट समय थपिएको थियो। उक्त थपिएको समयको १०औं मिनेटमा नेयमारको कर्नरमा क्यासेमिरोले गोल गर्दै ब्राजिललाई विजयी बनाए।

यहि समूहको पेरु र ईक्वेडरबीचको खेल २-२को बराबरीमा टुङ्गिएको थियो।