कोपा अमेरिकाः पेरुसँग कोलम्बियाको निराशाजनक हार (भिडियोसहित)

  • प्रकाशित मिति: सोमबार, असार ७ २०७८
  • तामाकोशी

एजेन्सी । कोपा अमेरिका अन्तर्गत समूह चरणको खेलमा पेरुले पहिलो जित हासिल गरेको छ । समूह बी को पेरुले आज विहान भएको खेलमा कोलम्बियालाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

१७ औं मिनेटमा सर्जियो पेनाले गोल गरी पेरुलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुमै कोलम्बियाले पेनाल्टी अवसर पायो । मिगुल बोर्जाले गोल गरी खेल बराबरीमा ल्याए ।



तर ६४ औं मिनेटमा कोलम्बियाली स्टार डिफेण्डर यारी मिनाले आत्मघाती गोल गर्न पुगेपछि कोलम्बियाले अप्रत्यासित निराशाजनक हार ब्यहोरेको हो । कोलम्बियाले समूहको आफ्नो पहिलो खेलमा इक्वेडरलाई हराएको थियो भने दोस्रो खेलमा भेनेजुएलासँग गोलरहित बराबरी खेलेको थियो ।