युरोकप: पछाडी परेको बेल्जियमको उत्कृष्ट पुनरागमन (भिडियोसहित)

  • प्रकाशित मिति: शुक्रबार, असार ४ २०७८
  • तामाकोशी

एजेन्सी । बेल्जियमले १६ औं संस्करणको युरोकप फुटबलमा उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रो जित निकालेको छ ।

कोपनहेगनमा बिहीबार राति भएको खेलमा डेनमार्कलाई २-१ गोल अन्तरले पराजित गर्दै बेल्जियमले लगातार दोस्रो जित निकालेको हो । डेनमार्कमाथिको यस जितसँगै बेल्जियम अन्तिम १६ मा समेत प्रवेश गरेको छ । बेल्जियम नकआउट चरणमा पुग्ने दोस्रो टिम हो ।



जितसँगै समूह बी’ मा रहेको बेल्जियमले २ खेलमा ६ अंक जोडेको छ । बेल्जियम शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३-० ले हराएको थियो । डेनमार्कको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १-० ले पराजित भएको थियो । अंक विहीन रहदै पुछारमा रहेको डेनमार्कको भने अर्को चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।