एजेन्सी । युरोपेली च्याम्पियनसिपको सबैभन्दा महत्वपुर्ण र रोमाञ्चक खेलमा आज राति विश्वविजेता फ्रान्स र जर्मनी आमने सामाने हुँदैछ । एलिएन्ज एरिना म्युनिख जर्मनीमा यि दुई टोलीबीच नेपाली समयअनुसार राति १२ः४५ बजे हुने खेललाई निकै महत्वका साथ हेरिएको छ ।
ग्रुप अफ डेथ मानिएको यो समूह ‘एफ’ मा पोर्चुगल र हंगेरी पनि रहेका छन् । हंगेरीलाई यो समूहमा अन्डरडगको रुपमा हेरिएको छ । विश्वकप विजेता फ्रान्सलाई यसपल्टको युरोमा सबैभन्दा बलियो दाबेदार टोलीमा रुपमा हेरिएको छ । २०१६ मा पनि दावेदार टोलीमा रुपमा रहेपनि घरेलु मैदानमा फाइनलमा पोर्चुगलसँग चुकेको थियो ।
यि दुई टोलीको पछिल्लो ८ खेलको नतिजामा फ्रान्स चार खेलमा विजयी हुदा जर्मनीले दुई खेल जितेको छ । दुई खेल बराबरीमा सकिएको छ । पछिल्लो पाँच खेलमा फ्रान्स जर्मनीसँग अपराजित छ । सन् २०१४ को विश्वकपको क्वाटरफाइनलमा फ्रान्स जर्मनीसँग १–० ले पराजित भएको थियो । त्यसयता फ्रान्सले ३ खेल जित्दा २ खेल बराबरीमा सकिएको छ । पछिल्लोपटम २०१८ को नेसन्स लिगमा फ्रान्सले २–१ को जित निकालेको थियो ।