युरोकपः बेल्जियमद्धारा रुसमाथि ३-० को सानदार जित (भिडियोसहित)

  • प्रकाशित मिति: आइतबार, जेष्ठ ३० २०७८
  • तामाकोशी

एजेन्सी । बेल्जियमले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा घरेलु टिम रुसलाई ३-० गोल अन्तरले पराजित गर्दै बेल्जियमले सुखद सुरुवात गरेको हो ।

सेन्ट पिटर्सवर्गमा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गरे । यस्तै थोमस मुनिएरको नाममा एक गोल रह्यो । खेलको दशौँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । गोलपछि लुकाकुले आफ्नो गोल खेल दौरान हृदयघात भएर अस्पताल भर्ना भएका इन्टर मिलानका सहकर्मी तथा डेनमार्कका क्रिस्टियन एरिक्सनलाई समर्पण गरे ।



फिनल्याण्डविरुद्धको खेल दौरान अचेत भएका एरिक्सन खतरामुक्त रहेको बताईएको छ । खेलको ३४ औं मिनेटमा थोमसले गोल गर्दै बेल्जियमलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ८८ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३-० को जित दिलाए । उनले मुनिएरको पासमा गोल गरेका हुन् । बेल्जियमका लागि लुकाकुको यो ६२ औं गोल हो ।

जितसँगै बेल्जियमले युरोकपको पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । समूह बी मा रहेको बेल्जियम शीर्ष स्थानमा रहेको छ । रुसले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । रुस पुछारमा रहेको छ । यस समूहमा ३ अंक जोडेको फिनल्याण्ड दोस्रो स्थानमा रहेको छ । डेनमार्क अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ ।

https://www.youtube.com/watch?v=J15wkSTMxDs&t=10s