काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले सिजनको आफ्नो अन्तिम खेलमा सानदार जितसँगै उपाधि ट्रफी उचालेको छ ।
आइतबार राति भएको खेलमा सिटीले एभर्टनलाई ५–० ले हराउँदै ट्रफी उचालेको हो । सिटीले यसअघि नै उपाधि जितिसकेको थियो ।
घरेलु मैदानमा भएको सिजनको अन्तिम खेलमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले दुई गोल गरे । केभिन डी ब्रोइना, ग्राबियल जिजस र फिल फोडेनले एकरएक गोल गरे । अग्युरोले सिटीको लागि यो अन्तिम खेल हो, अर्काे सिजन बार्सिलोना जाने पक्का भइसकेको छ ।
जितसँगै सिटीले ३८ खेलबाट ८६ अंक जोड्यो । पराजित एभर्टनको ५९ अंक रह्यो ।