“आधी कपाल”को चर्चा सेलाउन नपाउदै”म सास बन्न पाए” गितमा एलिजा र पुष्पको रोमान्स(भिडियो)

  • प्रकाशित मिति: बिहिबार, भाद्र ११ २०७७
  • तामाकोशी

काठमाडौ । नायिका एलिजा गौतम अभिनित अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ। गत बर्ष ‘अनुराग’ मार्फत फिल्म क्षेत्रमा डेब्यु गरेकी एलिजा गौतम“आधी कपाल”बोलको गीतको म्युजिक भिडियोबाट कम ब्याक बहेकी हुन् । केहि समय अगाडी सार्वजनिक भएको म्युजिक भिडियो पनि निकैनै चर्चाको सिखरमा पुगेको थियो अझै भन्ने हो भने युटुब ट्रेडिङभित्र परेको थियो । त्यस पछी झन् चर्चा चलन थालेको थियो ।

सार्वजनिक भएको”म सास बन्न पाए”बोलको गीतको भिडियोमा एलिजा गौतम र पुष्प खड्का प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन् । बसन्त सापकोटाको शब्द तथा संगीत रहेको सास बन्न पाए बोलको गीतमा नरेश रेग्मीको स्वर छ । भिडियोको निर्देशन र कोरियोग्राफी शिव विकले गरेका हुन् । अर्जुन तिवारी र उनको समुहले खिचेको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन् ।