रामेछाप । असार १ गते , सनिला वि.क
कोरोना भाईरस कोभिड १९ ले सताइरहेको वर्तमान अवस्थामा रामेछापको खाँडादेवी गाउँपालिकाभित्र के कस्ता राहातका प्याकेजहरु ,कृषि , रोजगारी सिर्जना लगाएतका बारेमा विभिन्न माध्यमबाट प्रयाप्त छलफल भईरहेको छ । गाउँपालिका प्रवक्ता एवं वडा नं ६ माकादुमका वडाध्यक्ष पुष्कर कार्कीले तामाकोशी अनलाइनसंग कुरा गर्दै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ ले सबैको जनजीवन भयवित बनाएर स्वस्थ्य स्थितिमा नराम्रो असर पारेको अवस्थामा अहिलेको मापदण्डलाई टेकेर स्वस्थ्यलाई पहिलो प्राथमिकता दिएर योजना तथा कार्यक्रम बनाइने बताए ।उनी भन्छन् भोलीका दिनहरुमा खाद्यान्नको अभावमा रोगले भन्दा पनि भोकले भयवित सृजना हुने अवस्था नआउँला भन्न सकिन्न , सिङगो पालिकालाइनै आम नागरिकलाई अब कसरी बचाउँन सकिन्छ भन्ने कुराले पिरोल्न थालेको छ । नागरिकको जीवन सुरक्षा कसरी गर्ने भन्ने चिन्ताले सताइरहेको वर्तमान अवस्थामा भोलीका दिनहरुमा के कस्ता कार्यक्रम ल्याउदा नागरिकलाई बचाउन सकिन्छ , कोरोना भाइरसबाट कसरी बच्न सकिन्छ र हिजोका दिनहरुमा निरन्तर चलिरहेका विकासका कामलाई पनि कसरी निरन्तरता दिन सकिन्छ भन्ने बिषयमा आफुहरुको ध्यान केन्द्रित भएको उनी बताउछन् । उनका अनुसार पालिकामा स्थानीय सरकाले प्रादेशिक पोलिसीलाई आत्मासाथ गर्नुकासाथै गाउँपालिकाको आवश्यकताहरुलाई कसरी परिपूर्ती गर्ने भन्ने सन्र्दभमा पनि व्यापक छलफल भैरहेका छन् । पालिकाको कोरोना विरुद्ध लड्नकै निम्ति पहिलो योजना भएपनि कृषि क्षेत्रको विकास गर्न आम नागरिकलाई कृषि संग जोडेर जीविको पार्जन गर्न सकिन्छ भन्ने विभिन्न योजनाहरु तयार पारिरहेको गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष कार्कीको भनाई छ । उनी भन्छन् अहिले गाउँपालिका भित्रका सडकहरुमा कालोपत्रेको काम भइरहेका छन् , यो नै गाउँपालिका भित्रका सबै आम नागरिकका लागि खुसिको कुरा हो । उनले लगभग खाँडादेवी गाउँपालिका भित्रका सबै वडामा बिजुली बक्ति पुगिसकेको र शिक्षा क्षेत्रलाई अझै सुधार गरी पालिकालाई शैक्षीक गन्तव्य बनाउने संकल्प रहेको र पालिका स्तरीय हस्पीटलको काम सुरु भइसकेको बताए ।पर्यटन प्रवद्र्धन गर्न विभिन्न खालका मूर्तीहरु बनाउने कार्य अन्तिम चरणमा पुगेको , सुशासनका आधारहरु निर्दिष्ट गरेर अगाडि बढिरहेको र जनताको आवश्यकतालाई वुझेर पालिका अगाडी बढ्नु सन्तोष जनक कुरा रहेको उनको भनाई छ । उनले मुलभुत रुपमा स्वस्थ्य ,शिक्षा , खानेपानी र विशेष गरी गाउँपालिकलाभित्रका बााटोहरु कालोपत्रे हुनुनै सन्तोष जनक विकाषका आधारहरु भएको बताए । खानेपानीका लागि वडा नं ७ मा दुई सय घना लिटरको ट्यकि निर्माण भएको र त्यसले गाउँपालिका आसपासका गाउवस्तिहरुमा खानेपानिको आपूर्ति गर्न गर्ने गरी पानीका मुहान उत्खनन गर्ने र यो संगै तामाकोशि र शुनकोशि खानेपानीका कार्यक्रम पनि अगाडि बडिरहेको उनको भनाई छ ।
नागरिकलाई अब कसरी बचाउन सकिन्छ भन्ने कुराले पिरोल्न थालेको छ : प्रवक्ता कार्की
- प्रकाशित मिति: सोमबार, असार १ २०७७
- तामाकोशी