Breaking News ! दु ;खद खबरले बनायो सवैलाई रुवाबासी : ९ जनाको मृत्यु थप विवरण आउदै

  • प्रकाशित मिति: शुक्रबार, पुष ६ २०७५
  • तामाकोशी

दाङ– दाङमा आज बेलुका भएको बस दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ। सल्यानबाट दाङ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राम्री भन्ने स्थानमा दुर्घटना भएको हो। दुर्घटनामा परी ८ पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बस सडकबाट झण्डै सात सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

सहिद कृष्णसेन प्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थीसहित ३१ जना चढेको उक्त बस दुर्घटनामा परी केही गम्भीर घाइते भएका छन्। घाइतेमध्ये दुई जना अस्पतालमा आइपुगेका छन्। त्यसमध्ये वर्ष १८ का हिमाली हमालमा अनुसार धेरै विद्यार्थीहरू घाइते भएका छन् उनीहरूको उद्धार भइरहेको छ। प्रहरीका अनुसार बस सडकको छाँगाबाट खसेको छ। थप विवरण आउन बाँकी छ।
अन्नपूर्ण खबरबाट साभार ,