रामेछापको बाम्तिभण्डारमा बृहत सास्कृतिक महोत्सब हुदै,

  • प्रकाशित मिति: सोमबार, फाल्गुन ७ २०७४
  • तामाकोसी खबर

फाल्गुण ७, रामेछाप । रामेछापको पर्यटकिय नगरी बाम्तिभण्डारमा बृहत रामेछाप सास्कृतिक महोत्सव हुने भएको छ । राष्ट्रिय पुरातात्यिक महत्वका धार्मिक, साँस्किृतिक र सम्पदाहरुको संरक्षण तथा सम्बर्धन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

कार्यक्रम रामेछाप सास्किृतिक कलाकार समाजको आयोजनामा यहि फाग्गुण २४ र २५ गते उमाकुण्डा गाउँपालिका वडा न २ बाम्तिभण्डारमा सञ्चालन हुनेछ । रामेछापको शान ,कला र सस्कृति, हाम्रो पहिचान उमाकुण्ड बाम्तिभण्डारलाई पर्यटन प्रबद्र्धनका लागि हाम्रो अभियान भन्ने मुल नारासहित सञ्चालन हुने सास्किृतिक महोत्सब भब्य र सब्य बनाउन समाजसेबी बुद्धिजिबी ,नागारिक समाज, पत्रकार,कलाकार , सुरक्षा कर्मि ,होटल ब्यबसायि लगाएतसंग सहयोगको अपेक्षा आयोजकले गरेको छ ।



स्थानिय बासीहरुलाई कृषि, स्वास्थ्य, प्राकृतिक स्रोत भाषिक, साँस्किृतिक, धार्मिक महत्व सम्बन्धी जनचेतना जगाउँदै ग्रामिण सम्पदाहरुको प्रबद्र्धन गर्ने साझा थलोको रुपमा बाम्तिभण्डार साँस्कृतिक उत्सब २०७४ सफल हुने रामेछाप कलाकार समाजका अध्यक्ष प्रकाश कटुवालले जानकारी दिए । कार्यक्रमलाई सफल बनाउन अहिले समाजका पदाधिकारीहरु विभिन्न सामाजिक संघसंस्थाहरुसंग सहकार्यको विषयमा छलफल गरिरहेका छन् ।

रामेछापको उमाकुण्डा गाउँपालिकाका सम्पुर्ण पधाधिकारीहरु पनि कार्यक्रम सफल बनाउन सक्रियरुपमा लागि परेका छन् । कार्यक्रमको बारेमा जिल्ला स्तरका सरोकारवालाहरुलाई जानकारी गराउन यहि फाल्गुण १२ गते मन्थलीमा भेटघाट तथा पत्रकार सम्मेलनको आयोजना गरिने समाजका उपाध्यक्ष रामकुमार कार्कीले तामाकोसी अनलाइनलाई जानकारी दिए ।…