रामेछाप फुलासीका धुव्र बहादुरको गोलभेडा खेतीबाट बार्षिक २ लाख आम्दानी

  • प्रकाशित मिति: आइतबार, पुष ९ २०७४
  • तामाकोसी खबर

रामेछाप । पौष ९ गते,
रामेछाप जिल्लाको मनथली नगरपालिका वडा नम्बर १३ फुलासी हर्रेका स्थानीय धुव्र बहादुर अधिकारीले गोलभेडा खेतीवाट बार्षिक २ लाख भन्दा बढि आम्दानी गरिरहेका छन् । सुरुमा जिल्ला कृषि वकास कार्यलय रामेछापले गोलभेडा खेती सम्बन्धि तालिम दिएपछि टनेलमा गोलभेडा खेती गर्न थालेका उनले अहिले ३ रोपनी जग्गामा गोलभेडा खेतीवाट मासिक २ क्यून्टल गोलभेडा बजार पठाउने गरेका छन् । ६ वटा प्लाष्टिक टनेल भित्र लगाईएको गोलभेडा किन्न रामेछाप सदरमुकाम मन्थली , दोलखाको चरिकोट लगाएतका व्यापारीहरु वारीमै आउने अधिकारीको भनाई छ ।
अहिले प्रतिकिलो ८० रुपैयाका दरले बारीवाटै गोलभेडा विक्रि हुने गरेको छ । कामको खोाजीमा राजधानी काठमाण्डौ लगाएत भारतका विभिन्न सहरमा डुलेका उनी आफ्नै गाउँमा केहि गर्नुपर्छ भन्ने सोचका साथ गोलभेडा खेतीको सुरुवात गरेको उनको भनाई छ । गोलभेडा खेतीवाट भएको आम्दानीले २ छोरा र एक छोरीको शिक्षा दिक्षा र घर व्यवहार धानेर गाउँकै एक सहकारी संस्थामा समेत केहि रकम वचत गर्न सफल भएको उनको भनाई छ । त्यती मात्रै हैन उनले गोलभेडा बेचेकै पैसाले ४ लाखमा सिंचाई सुविधा भएको खेत किनेका छन् ।
अव उनी त्यहि संचाई युक्त खेतमा विभिन्न थरीका तरकारी लगाउने योजनामा छन् । कामको खोजीमा काठमाण्डौ लगाएत भारतका विभिन्न सहरमा जादा गतिलो काम नपाएको सम्झदै अहिले गोलभेडा खेतीले आफ्नो जीवननै बदलिएको उनको अनुभव छ । सामान्य लेखपढ गर्ने सक्ने अधिकारी गोलभेडा खेतीवाट आएको रकमले आफ्ना छोराछोरीलाई भने राम्रो शिक्षा दिएर ठुलो मान्छे बनाउने सोचमा छन् । ९ बर्षदेखी व्यवसायिक गोलभेडा खेती गर्दे आएका धुव्र बहादुर अधिकारी आफुले थालेको यो अभियानमा घर परिवारको सबै सदस्यले साथ सहयोग दिने गरेको बताउछन् ।