मन्थली- बाल यौ’न दुरुपयोग मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई रामेछाप प्रहरीले पक्रा’उ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार लिखु तामाकोशी गाउँपालिका–७, तिल्पुङका ४२ वर्षीय मानबहादुर सार्कीलाई प्रहरीले पक्रा’उ गरेको हो।
उनीविरुद्ध नेपाल सरकार वादी रहेको बाल यौ’न दुरुपयोग मुद्दामा सम्मानित रामेछाप जिल्ला अदालतले २०८० चैत ७ गतेको फैसलाअनुसार ५ महिना १२ दिन कैद सजाय सुनाएको थियो। फैसला कार्यान्वयनबाट फरार रहेका सार्कीलाई जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोलीले २०८३ असार ३२ गते पक्रा’उ गरेको प्रहरीले जनाएको छ।
पक्रा’उ परेका सार्कीलाई फैसला कार्यान्वयनका लागि सम्मानित रामेछाप जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रामेछापले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।