रामेछाप। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति रामेछापको अध्यक्षमा कल्पना सुनुवार निर्विरोध निर्वाचित हुनुभएको छ। प्रतिष्ठानको जिल्ला अधिवेशनले सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।
अध्यक्षमा निर्वाचित भएपछि सुनुवारले पद र सम्मानभन्दा जिम्मेवारीलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले संस्थाको उद्देश्यअनुरूप लोक तथा दोहोरीगीत, मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनसँगै कलाकारको हकहितका लागि सक्रिय भएर काम गर्ने बताउनुभयो।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा अर्जुन पूर्वेली, द्वितीय उपाध्यक्षमा पम्फा मगर र महिला उपाध्यक्षमा सम्झना गौतम निर्वाचित हुनुभएको छ। त्यसैगरी सचिवमा अनिता कुमारी थापा मगर, सहसचिवमा प्रतिभा बोहोरा, कोषाध्यक्षमा विशाल के.सी. र सहकोषाध्यक्षमा हिरामाया बि.क. निर्वाचित हुनुभएको छ।
कार्यसमिति सदस्यमा गीता कार्की, सुसिला बुढाथोकी, सुबास कार्की, विक्रमकुमार श्रेष्ठ, मनिष राउत, धर्मेन्द्र सेन्चुरी, मिरा सेन्चुरी, नवराज खड्का, छत्रबहादुर नेपाली, दीपक लाखे, राजकुमार श्रेष्ठ, किशोर सेन्चुरी, भानुभक्त सेन्चुरी र रिर्चा अधिकारी निर्वाचित हुनुभएको छ।
नवनिर्वाचित कार्यसमितिले जिल्लाको मौलिक लोककला तथा संस्कृतिको संरक्षण, कलाकारको क्षमता विकास र संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।