काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ। बुधबार बिहान सम्पन्न अन्तिम १६ अन्तर्गतको कोलम्बिया–स्विट्जरल्यान्ड खेलसँगै अन्तिम आठमा पुग्ने सबै टोलीको टुंगो लागेको हो।
प्रतियोगिताको क्वार्टरफाइनलमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्याण्ड, अर्जेन्टिना र स्विट्जरल्यान्डले स्थान सुरक्षित गरेका छन्। अब यी टोलीबीच सेमिफाइनल प्रवेशका लागि रोमाञ्चक प्रतिस्पर्धा हुनेछ।
क्वार्टरफाइनलको पहिलो खेलमा फ्रान्स र मोरक्को आमनेसामने हुनेछन्। उक्त खेल जुलाई १० मा नेपाली समयअनुसार राति १:४५ बजे सुरु हुनेछ।
त्यसपछि जुलाई ११ मा स्पेन र बेल्जियमबीच राति १२:४५ बजे प्रतिस्पर्धा हुनेछ।
जुलाई १२ को बिहान २:४५ बजे नर्वे र इंग्ल्याण्डबीच सेमिफाइनल यात्राका लागि प्रतिस्पर्धा हुनेछ भने सोही दिन बिहान ६:४५ बजे साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड आमनेसामने हुनेछन्।