काठमाडौं । लोकदोहोरी गायक विष्णु आलेको नयाँ लोकदोहोरी गीत ‘तिम्रै मायाले’ डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको छ।
शुक्रबार दिउँसो सार्वजनिक गरिएको गीतमा विष्णु आले र गायिका अर्चना स्याङतानको स्वर रहेको छ। गीतमा शब्द विष्णु आलेकै, संगीत तथा एरेन्ज विष्णु तामाङले गरेका छन्।
गीतको भिडियो शिशिर बुढाथोकीको निर्देशनमा तयार भएको हो। भिडियोमा शिशिर बुढाथोकी, सन्जीव भट्टराई र अनुजा शाहीको अभिनय रहेको छ। युवायुवतीबीचको प्रेमकथालाई केन्द्रमा राखेर भिडियो निर्माण गरिएको छ।
‘तिम्रै मायाले’ गीत शंकरा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको रेकर्डिङ सागर पुनले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ कुमार सानु पुनले गरेका छन्।
सिन्धु चौतारा बजारबाट सांगीतिक यात्रा सुरु गरेका गायक विष्णु आलेका ‘दुईतिर माया’, ‘मन छोयो रुपैले’, ‘बोलीदेउ हाँसेर’ र ‘बुहारी छानीले’ लगायतका लोकदोहोरी गीत दर्शकमाझ लोकप्रिय छन्।
नयाँ गीत ‘तिम्रै मायाले’प्रति पनि दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुने विश्वास व्यक्त गर्दै गायक आलेले गीत हेरेर तथा सुनेर रचनात्मक सुझाव दिन आग्रह गरेका छन्।