लण्डन (एजेन्सी) – गए राति फिफा ‘द बेस्ट‘ खेलाडिमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले लियोनल मेस्सीलाई पछिपार्दै बाजी मारे । विश्वभरिका सबै देशका कप्तान र प्रशिक्षकको भोटका आधारमा दिएको यस अवार्डमा नेपालकाकप्तान विराज महर्जनको रोजाई भने निकै भिन्न र आश्चर्यजनक रह्यो ।
फिफाले सार्वजनिक गरेको सूचीमा विराजको पहिलो रोजाईमा मेस्सी वा रोनाल्डो दुवै थिएनन् । उनले म्यानचेस्टरयुनाइटेडका फरवार्ड ज्लाटान इब्राहिमोभिचलाई आफ्नो पहिलो रोजाईमा राखेका थिए । घाइते भएर इब्राहिमोभिच ६महिना फुटबलबाट बाहिर रहेकाले महर्जनको रोजाईले सबैलाई आश्चर्य पारेको छ ।
महर्जनले दोस्रो नम्बरमा फ्रान्सका एन्टोएने ग्रिजमानलाई चुने भने विजेता रोनाल्डोले उनको तेस्रो स्थान पाए । यसरीमेस्सीले भने विराजको शीर्ष तीनमा ठाउँ नै पाउन सकेनन् । बार्बाडोसका कप्तानको रोजाई पनि उस्तै आश्चर्यजनक रह्यो । उनले बोरुसिया डर्टमन्डका पियर–एम्रिकअबामियाङलाई पहिलो रोजाईमा राखे र एन्टोएने ग्रिजम्यान र म्यानुएल नोयालाई क्रमश: दोस्रो र तेस्रो नम्बरमाराखेका थिए ।
इङ्ग्ल्यान्डका प्रशिक्षकले पनि विराज जस्तै आफ्नो सूचीमा मेस्सीलाई वहिष्कार गरेको पाइयो । उनले रोनाल्डोपछिमोड्रिच र टोनी क्रुसलाई आफ्नो शीर्ष तीनमा चुने । नेपालका प्रशिक्षक ग्योतोकु कोजीले भने रोनाल्डोलाई पहिलो, मेस्सीलाई दोस्रो र नेयमारलाई तेस्रो स्थानमा चुनेका थिए ।
-Hamro khelkud
