रामेछाप । असोज २२ गते,
सरकारले बाढी–पहिरोबाट कृषि क्षेत्रमा क्षति भएका पीडितलाई राहात वितरणको काम सुरु गरे संगै रामेछापका किसानहरुलाई पनि राहात हुने भएको छ । बर्षातको समयमा रामेछाप जिल्लाको विभिन्न स्थानमा धेरै किसानहरुको बालि नष्ट भएको थियो । सरकाले आईतबारदेखी बाढी, पहिरो र डुवानबाट प्रभावित जिल्लाहरुमा राहात पठाउने काम सुरु गरेको जनाएसंगै रामेछापका पिडित किसानहरुले पनि राहात पाउने भएका हुन् । बाढि प्रभाति ३० जिल्लामा आईतबारबाट राहत पठाउने काम सुरु गरिएको कृषि मन्त्रालयका वरिष्ठ अर्थ विज्ञ मणीरत्न अर्यालले जानकारी दिएका छन् । 
उनका अनुसार कृषि विभागबाट सोमबारसम्ममा प्रभावित जिल्लामा राहत पठाउने काम सकिने छ । अर्थ मन्त्रालयले कृषि क्षेत्रमा क्षति भएका कृषकहरुको लागि १ अर्ब २५ करोड ५६ लाख ६० हजार रकम विनियोजन गरेको छ । जसमध्य रामेछाप जिल्लाका लागि ५७ लाख ६१ हजार रकम बिनियोजन भएको छ । कृषि विभागबाट प्रत्येक जिल्ला कृषि विभाग कार्यालयमा राहात रकम पठाउने जनाएको छ ।
सरकारले गुल्मीमा ५८ लाख ८७ हजार,झापा १२ करोड १५ लाख १४ हजार,कैलाली २ करोड ५८ लाख ६० हजार,कास्की १९ लाख ८३ हजार,ललितपुर १ करोड १९ लाख २२ हजार,महोत्तरी १२ करोड ७९ लाख ३४ हजार,मोरङ ५ करोड ४२ लाख ५३ हजार,नवलपरासी १ करोड ६ लाख १८ हजार,पर्शा १ करोड १० लाख ५५ हजार, रसुवा १ करोड ८५ लाख ८ हजार, रौतहट ११ करोड ४० लाख ४२ हजार,रुपन्देही ८५ लाख ३४ हजार,सप्तरी ६ करोड६ लाख ३० हजार,सर्लाही १० करोड २५ लाख ६३ हजार,सिराहा ६ करोड २६ लाख ११ हजार रकम विनियोजना गरिएको कृषि विभाग अन्तर्गतको योजना शाखाका प्रमुख विष्णुकान्त सेडाईले जानकारी दिए ।
रामेछापका बाढि पिडित किसानका लागि ५७ लाख ६१ हजार रकम
- प्रकाशित मिति: आइतबार, असोज २२ २०७४
- तामाकोसी खबर