२१ असोज- रामेछाप ।
रामेछापको दोरम्बा गाउँपालिकाको दोरम्बामा आयोजना गरेको खुल्ला पुरुष भलिवल प्रतियोगातीको उपाधि सहित ७० हजार रुपैया माने एकता समाज दोरम्बाले कव्जा गर्न सफल भएको छ।
निक्कै प्रतिस्पर्धात्मक भएको प्रतिगोगीतामा नाटिला युवा समाज गेलु द्धितिय र क्रियाटिब युवा समाज माकादुम तृतिय भए । उपविजेता नाटिला युवा समाजले ५० हजार र तृतिय भएको क्रियटिव युवा समाजले ३० हजार रुपैयाँ, प्रमाण पत्र र शिल्ड प्राप्त गरे । विजयी प्रतियोगीहरुलाई दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तान र समाजसेवी विजय लामा संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए । त्यसैगरी प्रतिगोगीताको सान्त्वना पुरस्कार राम्चे युवा समाज दिमीपोखरीले १० हजार रुपैयाँ प्राप्त गरे ।
करिव पाँच लाख भन्दा बढी खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि पहिलो पुरस्कार वाइएसपी नेपाल मन्थली, दिर्तिय पुरस्कार ज्योति घर नेपाल काठमाडौ , तेस्रो पुरस्कार लालमति मेमोरियल ट्रस्ट दोरम्बा २, डडुवा र द सल्वेसन काठमाडौंले सान्त्वना पुरस्कारको प्रयोजन गरिएको सस्थाको सचिब नोर्बु योन्जनले जानकारी दिए । ४ दिन सम्म चलेको प्रतियोगिताको उदघाटन गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठले गर्नु भएको थियो ।


