रामेछापको मन्थलीमा खुल्ला पुरुष फुटवल प्रतियोगिता , पहिलो हुनेले ५० हजार पाउने

  • प्रकाशित मिति: बिहिबार, असोज ५ २०७४
  • तामाकोसी खबर

रामेछाप । असोज ५ गते,
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा तेस्रो मन्थली नगरपालिका कप खुल्ला पुरुष फुटवल प्रतियोगिता सुरु भएको छ । बिहिबारवाट सुरु भएको प्रतियोगिताको उद्घाटन मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै नगरपालिका प्रमुख बस्नेतले मन्थलीको आकाशेमा रहेको खेलमैदानको तत्काल स्तरउन्नती गर्ने बताए । उनले सबैका लागि खेल आवश्यक रहेकाले यसका लागि आवश्यक स्रोत साधनको संरक्षण र स्तरउन्नती गर्न मन्थली नगरपालिका सदैव तयार रहेको बताए । प्रतियोगिता दीपशिखा व्वाईज युनाईटेड क्लव मन्थली र मन्थली नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन खेलमा दीपशिखा व्वाईज युनाईटेड क्लव ए र सामुदायिक अध्ययन केन्द्रबिच खेल भएको थियो । असोज ९ गते सम्म संचालन हुने प्रतियोगितामा पहिलो हुने टिमले ५० हजार , दोस्रो हुने टिमले ३० हजार र तेस्रो हुने टिमले २० हजार नगद सहित शिल्ड , मेडल र प्रमाणपत्र पाउने दीपशिखा व्वाईज युनाईटेड क्लवका अध्यक्ष सुरेन्द्र कार्कीले जानकारी दिए । प्रतियोगिताको उद्घाटन कार्यक्रममा मन्थली नगरपालिकाको विभिन्न वडाका वडा अध्यक्षहरुको पनि सहभागिता रहेको थियो ।