दोलखामा जिल्लाकै ठुलो धनराशिको खेलकुद महोत्सव हुने

  • प्रकाशित मिति: आइतबार, भाद्र ४ २०७४
  • तामाकोसी खबर

रामेछाप । भदौ ४ गते, बिष्णु खड्का,
दोदखा जिल्लामा अहिले सम्मकै ठुलो धनराशीको खेलकुद महोत्सव हुने भएको छ । युवा सञ्जाल जिरीले दोलखाको पर्यटकीय नगरी जिरीमा सञ्चालन गर्ने खेलकुद महोत्सव आगमि अशोज २० गते सञ्चालन हुने बताईएको छ । दोलखाको खेलकुद इतिहाँसमा अहिलेसम्मकै सबै भन्दा ठूलो धनराशिको खेलकुद महोत्सव आगमि अशोज २० गतेबाट अशोज २८ गतेसम्म सञ्चालन हुने युवा सञ्जाल जिरीले जानकारी दिएको हो ।
गत वर्षमात्र कानुनी रुपमा औपचारीकता पाएको युवा सञ्जाल जिरीले जिरी च्याम्पियनशिप २०७३ सञ्चालन गरेको थियो । विभिन्न संघ संस्था र विदेशमा रहेका नेपालीहरुको सहयोगमा जिरी च्याम्पियनशिप २०७३ सफलता पुर्वाक सञ्चालन पछि यो वर्ष विजय दशमी तथा दिपवालीको अवसरपारी जिल्लाकै ठूलो धनराशीको खेल सञ्चालन गर्न लागेको हो । यो वर्ष भलिबल तर्फ दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्ग, सोलुखुम्बु, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक गरी ७ जिल्लाका खेलाडिहरुले सहभागीता जनाउन पाउने छन् । प्रथम हुने समुहले एक लाख एक हजार नदग पुरस्कार पाउने छन् भने दोश्रो हुने समुहले ५० हजार ५ सय रुपैयाँ नगद पुरस्कार पाउने छन् । त्यस्तै तृतिय हुने दुई समुहले २० हजार २ सय रुपैयाँ नगद पाउने छन् । अन्य खेलमा नगरस्तरीय १४ वर्ष उमेर समुह मुनिका खेलाडिहरुका लागि फुटबल खेल पनि राखिएको छ भने ६ किलोमिटर सडक दौड समेत रहने भएको छ ।