१९ असार, काठमाडौं । चिलीलाई हराउँदै विश्व च्याम्पियन जर्मनीले कन्फेडेरेसन कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा जर्मनीले कोपा अमेरिका च्याम्पियन चिलीलाई १-० गोल अन्तरले हराएको हो ।
२० औं मिनेटमा लार्स स्टिन्डलले गरेको गोल नै जर्मनीको जितमा निर्णायक बन्यो । चिलीका मार्सेलोलो दिएजको गल्तीको फाइदा उठाउँदै स्टिन्डलले गोल गरेका हुन् ।
फाइनलअघि तेस्रो स्थानका लागि भएको खेलमा मेक्सिकोलाई २–१ ले हराउँदै पोर्चुगल तेस्रो भयो । पोर्चुगलका लागि पेपे र एड्रियन सिल्भाले गोल गरे । पोर्चुगलका नेटोले आत्मघाती गोल गरेर मेक्सिकोका लागि एक गोल उपहार दिए ।