आज असार १५ गते, दहि चिउरा खाएर राष्ट्रिय धान दिवस मनाइँदै

  • प्रकाशित मिति: बिहिबार, असार १५ २०७४
  • तामाकोसी खबर

रामेछाप । असार १५ गते,
बिहिबार राष्ट्रिय धान दिवस देशभर दहि चिउरा खाएर विभिन्न कार्यक्रम गरी मनाईंदैछ । दिवसको अवसरमा सरकार, गैरसरकारी संस्था र दलका कृषि समितिहरुले विभिन्न कार्यक्रम गर्दैछन् । नेपाली किसानले असार १५ लार्ई मानो रोपेर मुरी फलाउने दिनका रूपमा लिने गरेका छन् । नेपालमा २०६२ देखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । असार १५ लाई रोपाई महोत्सव र दही चिउरा खाने दिनका रुपमा लिने गरिन्छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । नेपालमा चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ । तराईको कुल भूभागको करिब ७० प्रतिशत पहाडी क्षेत्रको कूल भूभाग मध्ये करिब २६ प्रतिशत र हिमाली क्षेत्रको कूल भूभाग मध्ये करिब पाँच प्रतिशत जग्गामा धानबाली हुने गरेको छ ।
राष्ट्रि धान दिवसको अवसरमा रामेछापमा पनि विभिन्न कार्याक्रमको आयोजना हुदै छ । जिल्ला कृषि विकास कार्यालय रामेछापको आयोजनामा धान रोपाई कार्यक्रमको आयोजना गरिएको छ । धानरोपाई कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख एवं प्रतिनिधि,विभिन्न ठाउँका किसानहरु, विभिन्न मिडियामा आवद्ध सञ्चारकर्मीहरुको सहभागिता रहने बताईएको छ।