ओखलढुंगा । बैशाख ३१ गते ,मनोज भट्राई,
जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगा र चम्पादेवी गाउँपालिका वडा नं. ७ ले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ७ सय जनाले स्वास्थ्य परिक्षण गराएका छन् । वडा कार्यालय, फुलबारीमा आयोजना गरिएको शिविरमा स्त्रीरोग, बाल रोग, अपांगता भएका व्यक्ति, गर्भवती महिलाको स्वास्थ्य जाँच तथा निशुल्क औषधी वितरण गरिएको वडा अध्यक्ष सुरेश थापाले जानकारी दिए । 
शिवीरमा जिल्ला अस्पताल रुम्जाटारले चिकित्सक तथा औषधी व्यवस्थापन गरेको थियो । एक दिने शिविरमा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिको उपचारमा सहज भएको स्थानीयले बताए । शिविर वडास्तरमा आयोजना गरिए पनि गाउँपालिका भरिका नागरिकले सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए । शिविर उद्घाटनमा संघीय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवार, प्रदेश सभाका सांसद मोहन खड्का लगायतको सहभागिता रहेको थियो । शिवरमा ८० वर्ष माथीका ४० जना जेष्ठ नागरीकहरुलाई दोसल्ला र छाँता प्रदान गरी सम्मान समेत गरीएको थियो । स्थानीयहरुले भने ग्रामीण भुगोलमा बेला बेलामा यस्ता शिविर आयोजना गर्न माग गरेका छन् ।
निशुल्क स्वास्थ्य शिविरमा ७ सयको स्वास्थ्य परिक्षण
- प्रकाशित मिति: सोमबार, बैशाख ३१ २०७५
- तामाकोसी खबर