रामेछाप । वैशाख २२ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ७ भटौलीमा एकदिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । मन्थली नगर स्वास्थ्य शाखाको आयोजनामा भटौली स्वास्थ्य चौकीमा संचालन भएको शिविरमा जिल्ला आयुर्वेद केन्द्र रामेछापका प्रमुख डा. निरज खतिवडा , मन्थली स्वास्थ्य शाखा प्रमुख केशवराज फुयाल , कविराज निरिक्षक दिपक कुमार कार्की, प्रताप लामा , मन्थली स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक रामप्रसाद प्रसाई ,आयुर्वेद केन्द्र चिसापानीकी कविराज कविता गौतम , जिल्ला आयुर्वेद केन्द्र मन्थलीकी कविराज सपना सत्याल भण्डारी लगायतका स्वास्थ्य कर्मीहरुले स्वास्थ्य परिक्षण गरेका थिए ।
शिविरमा ३ सय १८ जना स्थानीयहरुले स्वास्थ्य परिक्षण गराएको आयोजकले जनाएको छ । शिविरमा परिक्षणका लागि आएका अधिकांसमा ग्याष्ट्रिक र हाडजोर्नी सम्बन्धी समस्या पाइएको आयोजकले जनाएको छ । शिविरमा ६० बर्ष नाघेका जेष्ठ नागरिकहरुका लागि शक्ति वर्दक टनिक तथा रसायिनिक भिटामिनहरु समेत बितरण गरिएको मन्थली स्वास्थ्य शाखाका प्रमुख केशवराज फुयालले जानकारी दिए ।
रामेछापको भटौलीमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर
- प्रकाशित मिति: शनिबार, बैशाख २२ २०७५
- तामाकोसी खबर