रामेछाप । चैत २७ गते
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १३ देवीटारमा युवा संघका अध्यक्षले संचालन गरेको बुङ्गुर फार्म नमुना बन्दै गएको छ । युवा संघ रामेछापका अध्यक्ष बुद्ध लामा सहितका युवाहरुले सामुहिक लगानी गरि खोलेको सोे फार्ममा २० वटा माउ बुङ्गुर रहेका छन् ।
संयुक्त लगानिमा संचालन भएको फार्म ५० लाख रुपैयाँको लगानिमा संचालन गरिएको संचालकहरुको भनाई छ । आधुनिक खोर बनाएर पालिएको देवीटारको सो बुङ्गुर फार्मबाट बार्षिक मासु र पालनको लागि २ सय बुङ्गुर निर्यात भइरहेको संचालक बुद्ध लामाले बताए । १० रोपनि जग्गा भाडामा लिएर संचालन गरिएको फार्म वरिपरि फलफुल तथा तरकारी खेती गरिएको छ । बुङ्गुर फार्मबाट बार्षिक ८ लाखबढि आम्दानि भैरहेको छ ।
बुङ्गुर फार्मबाट निस्कने प्राङगारिक मललाई व्यवस्थापन गर्न गोबर ग्यास बनाइएको छ । साथै जग्गामा केरा, किम्बु लगाएतका फलफुलका बोटविरुवा लगाइएको छ । युवाहरुले केहि गरेर देखाउनुपर्छ भन्ने उद्देश्यले व्यावसायिक काम थालेको युवा उद्यमी बन्नुभएका युवा संघ रामेछापका अध्यक्ष लामाले बताए । उनको फार्मलाई विस्तार गर्ने योजना समेत रहेको छ । नगरपालिका भित्र प्रत्येक वडामा एक एक वटा नमुना व्यावसायिक फार्म संचालन गर्नुपर्ने उनको भनाई छ ।
