रामेछाप भलुवाजोरका ९० जना दलित विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण

  • प्रकाशित मिति: शनिबार, फाल्गुन २६ २०७४
  • तामाकोसी खबर

रामेछाप । फागुन २६ गते, नबराज पथिक,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरका दलित समुदायका विद्यार्थीहरुलाई शनिबार शैक्षिक सामाग्रि वितरण गरिएको छ । मन्थली नगरपालिकाको सहयोगमा समता मञ्च नेपाले दलित समुदायका कक्षा १ देखि ५ कक्षासम्म अध्ययन गर्ने ९० जना विद्यार्थीहरुलाई सो सामाग्रि वितरण गरेको हो । भलुवाजोरको कालिका माविमा आयोजना गरिएको कार्यक्रममा मन्थली नगरपालिकाकी उपप्रमुख मायाँ कार्कीले विद्यार्थीहरुलाई झोला, कपि, डटपेन, पेन्सिल लगायतका शैक्षिक सामाग्रि प्रदान गरिन् । कार्यक्रममा बोल्दै उनले आपूmहरु अशिक्षित भए पनि बालबालिकाहरुको शिक्षामा ध्यान दिन अभिभावकहरुलाई आग्रह गरिन् । बालबालिकालाई पढाउन प्रेरणा मिलोस् भनेरनै यस्तो सहयोग गरेको उनले बताइन् ।
मन्थली नगरपालिकाको ६ नं वडाका वडाअध्यक्ष गोपाल माझीले गाउँमा धेरै समस्या भएको बताउँ्रदै त्यसलाई विस्तारै सम्बोधन गर्दै जाने बताए । उनले बच्चाहरुको पढाइमा शिक्षक, समुदाय र अभिभावक सबैको समान दायित्व हुने बताए । समता माञ्च नेपालका अध्यक्ष कमल बसेलको अध्यक्षतामा भएको सो कार्यक्रममा पत्रकार एवं अधिकारकर्मी नवराज पथिक, कालीका माविका सहायक प्रधानाध्यापक विष्णुबहादुर बुढाथोकी लगायतले बोलेका थिए । शैक्षिक सामाग्री बालबालिका तथा उनीहरुका अभिभावकहरुले बुझेका थिए ।