सोनाम ल्होछारको अवसरमा विहिबार सार्वजनिक बिदा

  • प्रकाशित मिति: बुधबार, माघ ३ २०७४
  • तामाकोसी खबर

काठमाडौँ, माघ ३ । भोलि बिहिवार सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । तामाङ तथा ह्योल्मो समूदायको सोनाम ल्होछारको अवसरमा बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद दुवाडीका अनुसार सरकारले बिदा स्विकृत गरेको बताए । उनले भने ‘पूर्वनिर्धारित विदा अनुसार भोली पनि बिदा हुने छ ।’

तामाङ समुदायले सरकारले दिदै आएको विदा परिवर्तन गर्नेपर्ने माग गर्दै आएका थिए। तामाङ जातिले चरा वर्गको बिदाइ कुकुर वर्गको स्वागत गर्दै २८५४औँ सोनाम ल्होछार मनाउँदै छन् ।