रामेछाप । पुस २० गते,
रामेछाप जिल्लाका सरोकार वालाले जिल्लामा लागु औषध विरुद्धको कार्यक्रम प्रभावकारी नभएको गुनासो गरेका छन् । सदरमुकाम मन्थलीमा गृहमन्त्राद्धारा आयोजित लागु औषधको क्षत्रमा क्रियाशिल सरकारी तथा गैर सरकारी र सरोकारवलाका लागि आयोजित लागु औषध दुरुपयोग विरुद्धको अभिमुखीकरण कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले सहरवाट बिस्तारै गाउँ गाउँमा लागु औषध प्रयोग कर्ता बढ्दै गएको बताए ।
उनले लागु औषध नियन्त्रण र नियमन गर्नका लागि गाउँगाउँमा चेतनामूलक कार्यक्रम लानुपर्नेमा जोड दिए ।
रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछानेले रामेछाप लागु औषधवाट अछुतो नरहेको बताए । कडा खालका लागु औषध प्रयोग कर्ता अहिले सम नभेटिएको भएपनि लागु औषध प्रयोग कर्ता भने बढ्दै गएको उनको भनाई छ । जिल्लाको सदरमुकाम मन्थली लगायत गाउँपालिकाहरुमा लागु औषधको प्रभाव वढ्दै गएकाले यसको नियन्त्रणमा सवै लाग्नुपर्नेमा उनको जोड छ ।
गृहमन्त्रालयको लागु औषध नियन्त्रण कार्यक्रमका प्रमुख कृष्ण प्रसाद शर्माले हाल नेपालमा २ लाख मानिसले लागु औषध प्रयोग गर्ने गरेको बताए । जसका लागि बार्षिक २० देखी ४० अर्ब रकम विदेश जाने गरेको प्रमुख शर्माको भनाई छ । उनले समाजमा घट्ने घटना मध्य ८० प्रतिशत घटना लाग्औषध वाटै हुने गरेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल , नेपाल आदिवासी तथा जनजाति महासंघ रामेछापका पुर्व अध्यक्ष खड्क बहादुर आले मगर लगाएतले जिल्लामा संचालन हुने लागु औषध दुरुपयोग विरुद्धको कार्यक्रम प्रभावकारी नभएको बताए । संचालन भएका कार्यक्रमहरु औपचारिकतामै सिमित हुदा समस्या भएको उनीहरुको भनाई छ । कार्यक्रम प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछानेको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको हो ।
रामेछापमा लागु औषध दुरुपयोग विरुद्धको कार्यक्रम प्रभावकारी भएन
- प्रकाशित मिति: बिहिबार, पुष २० २०७४
- तामाकोसी खबर