रामेछाप । मंसिर १ गते,
रामेछाप र सिन्धुलीका ढुवानी व्यवसायीहरुले आगामि मंसिर ३ गतेदेखि ढुवानीका सबै साधनहरु सञ्चालन नगर्ने भएका छन् । रुटपरमिट नलिई ढुवानीका साधन संचालन गरेको भन्दै सरोकारवालाले विभिन्न ठाउँमा चिट काट्न थाले पछि त्यसको बिरोधमा व्यवसायीहरुले ढुवनीका सम्पुर्ण साधनहरु बन्द गर्न लागेका हुन् ।
प्रहरीले विपयातायको काठमाण्डाँै —खुर्कोट —सिन्धुली तथा रामेछाप र दोलखामा संचालन हुने ढुवानीका साधनहरुलाई साधन सञ्चालनको लागि रोड परमिट पनि नदिने र पटक पटक चिट काटेर जरिवाना तिराई हैरान पार्न लागेपछि ढुवानी सेवा बन्द गर्न लागेको व्यवासयीहरुले बताएका छन् ।
अहिले यातायात व्यवस्था विभागबाटनै विपिमार्गका ठाउँठाउँमा बसेर चिट काटि व्लुबुक खोसेर यातायात बिभागमा आउन भनेपछि ढुवानीका सबै साधन बन्द गर्ने निर्ण गरेको तामाकोशी ढुवानी व्यवसायी समिति रामेछापका अध्यक्ष नविन कार्कीले जानकारी दिए । उनले ढुवानी व्यवसायीहरुको समस्या र ढुवानीका साधन ठप्प पार्ने निर्णय रामेछाप र सिन्धुलीका सरोकारवाला निकायलाई पनि जानकारी गराईसकेको पनि बताए । मंसिर ३ गतेबाट सिन्धुली , रामेछाप , दोलखा तीन जिल्लामा संचालन हुने ढुवानीका साधन ठप्प गरि आन्दोलन गर्ने तामाकोशी ढुवानी सेवा समिति रामेछापले जानकारी दिएको छ ।
जापान सरकारको सहयोगमा बनेको बनेपा–नेपालथोक–खुर्काेट–सिन्धुली बर्दिबास सडक खण्ड र खुर्काेट–चरिकोट सडक खण्डमा यसघि पनि रुट परमिटका बिषयमा पटक पटक ढुवानीका साधन बन्द हुने र संचालन हुने गरेका छन् । सो सडकमा १० चक्के ठुला ढुवानीका साधनलाई सिन्धुली प्रशासनले रोक लगाएपछि पटक पटक समस्या हँुदै आएको छ ।
रामेछाप ,सिन्धुली र दोलखामा मंसिर ३ गतेदेखी ढुवानीका साधन नचल्ने
- प्रकाशित मिति: शुक्रबार, मंसिर १ २०७४
- तामाकोसी खबर