रामेछाप । असोज २३ गते ,
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका ४ बेतालीकी एक १६ वर्षिया बालिकाको हत्या आरोपीलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रमेछापले अम्बिका वस्नेतको हत्या आरोपी सोही स्थानका २० वर्षिय राजन कार्कीलाई पक्राउ गरी अनुसन्धान पछि सोमबार सार्वजनिक गरेको हो ।
२०७४ साल असोज १७ गते गोठ नजिकै बारीमा घाँस काट्न गएकी अम्बिाका अपरान्ह ३ बजेबाट वेपत्ता भएकी थिइन् । असोज १८ गते विहान ६ः३० बजेतिर उनको लास गोठदेखि २५ मिटर तल खिम्ति खोला किनारमा पानी भित्र घोप्टो परि ढँुगाले च्यापेको अवस्थामा फेला परेको थियो । घटनामा संलग्न भएको आशंकामा प्रहरीले कार्कीलाई अरोज १९ गते पक्राउ गरेको थियो ।
ति युवकले आपूmले कमाएको बारीमा अम्बिकाले घाँस काटेको विषमा भनाभन हुँदा रिशको आवेगमा आई बसिरहेको ठाउँबाट खोल्साको भिरमा हुत्याइदिएको र बालिका अचेत भएपछि घिस्याउँदै खिम्ति खोलमा लगरे फालिदिएको वयान दिएको प्रहरीले जनाएको छ ।
आरोपी माथि हत्याको आरोपमा अदालतमा मुद्दा दर्ता हुने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजकुमार थापाले जानकारी दिए ।
रामेछापको गोकुलगंगाकी एक बालिकाको हत्या आरोपी सार्वजनीक
- प्रकाशित मिति: सोमबार, असोज २३ २०७४
- तामाकोसी खबर