देउराली प्रगतिशिल युवा समाजले बृहत सास्कृतिक कार्यक्रम गरी मृगौला पिडितलाई आर्थिक सहयोग गरे :एक लाख ४४ हजार रुपैया (भिडियो सहित)

  • प्रकाशित मिति: बिहिबार, असोज १२ २०७४
  • तामाकोसी खबर

असोज १२, मन्थली ।
रामेछाप नगरपालिका २ देउरालीमा स्थापना भएको देउराली प्रगतिशिल युवा समाजले दशै तिहार विशेष सास्कृतिक कार्यक्रमका विच स्थानिय मृगौला पिडित राममाया मगरलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । स्थानिय देउराली बसपार्कमा बुधबार एक कार्यक्रमको आयोजना गरी नगद एक लाख ४४ हजार तिन सय विस रुपैया वडा अध्यक्ष निर कुमार श्रेष्ठको हातबाट पिडितको आफन्तलाई हस्तान्तरण गरिएको होे ।



देउराली प्रगतिशिल युवा समाजले विभिन्न सहयोगीदाताहरु संग चन्दा माग गर्दै उक्त आर्थिक रकम संङकलन गरिएको समाजका अध्यक्ष हरि बहादुर काफ्ले मगरले बताउनु भयो । संस्थाको औपचारिक रुपमा उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एबं वडा अध्यक्ष निर कुमार श्रेष्ठले देउराली प्रगतिशिल युवा समाजले नाम जस्तै प्रगतिशिल काम गरेकोमा धन्यवाद दिदै वडा कार्यालयबाट संस्थालाई सहयोग गर्न कुनै कसुर बाँकी नराखिने स्पष्ट पार्नु भयो । उहाँले संस्थाहरु दर्ता भएर झोलामा सिमित राख्नेहरु प्रति इङिकत गर्दै देउराली प्रगतिशिल युवा समाजले सामाजिक कार्यमा संस्था क्रियाशिल रहनेमा आफु विश्वस्त रहेको पनि बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु बाल कुमार श्रेष्ठ, नविना घिसिङ, तिर्थ विरक्त पाख्रिन, हरि बहादुर काफ्ले मगर, रामविपि मगर, पार्वती माझी, तिलक सुनुवार लगाएतका कलाकारहरुले बेजोड सास्कृतिक कला प्रस्तुत गरेका थिए ।

सृजनशिल फोटो स्टुडियो तथा साउण्ड सर्भिस्को प्रायोजनमा रहेको उक्त बृहत सास्कृतिक कार्यक्रमको रेडियो तिनलाल एफएम ८८.६ मेगाहर्ज मन्थली र तामाकोसी अनलाइन डट कम ले प्रत्यक्ष प्रसारण गरिएको थियो । समाजले विगतको दिनदेखिनै भुकम्प पिडित तथा निम्न आय भएकाहरुको लागि आर्थिक एव प्राविधिक सहयोग गर्दै सामाजिक कार्यमा अब्बल भुमिका निभाइरहेको छ ।

भिडियो