रास्वपाको लिखु तामाकोशी समिति गठन; थापा सभापति

  • प्रकाशित मिति: सोमबार, जेष्ठ १८ २०८३
  • तामाकोशी

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लिखु तामाकोशी गाउँपालिका स्तरीय प्रथम अधिवेशनले राजकुमार थापाको सभापतिमा नयाँ कार्यसमिति चयन गरेको छ।
अधिवेशनबाट धनबहादुर तामाङ उपसभापति, टोटराज पौडेल सचिव, सबिन थापा सहसचिव तथा उषा कार्की कोषाध्यक्षमा निर्वाचित भएका छन्।
समितिका सदस्यमा कृष्ण बरुवाल, सम्योग थापा, मञ्जु दमिन, ढकल महतारा र तेज नारायण श्रेष्ठ चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिले गाउँपालिका तहमा पार्टी संगठन विस्तार, सदस्यता वृद्धि तथा स्थानीय मुद्दामा पार्टीको सक्रियता बढाउने जिम्मेवारी पाएको छ।