मन्थली न.पा.भित्रमा विद्यालयको SEE नतिजा उत्साहजनक, २२ विद्यार्थीले ल्याए ४ GPA

  • प्रकाशित मिति: मंगलबार, बैशाख २९ २०८३
  • तामाकोशी

रामेछाप। मन्थली नगरपालिका शिक्षा शाखा का अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा मन्थली नगरपालिका भित्रका विद्यालयहरूको नतिजा उत्साहजनक देखिएको छ ।
नगरपालिका भित्रबाट परीक्षामा सहभागी विद्यार्थीमध्ये कुल ५ सय ४६ जना ग्रेडेड भएका छन् । ग्रेडेड प्रतिशत ८७ दशमलव ५ रहेको शिक्षा शाखाले जनाएको छ ।
नतिजाअनुसार ४ GPA ल्याउने विद्यार्थीको संख्या २२ रहेको छ । त्यसैगरी ३.६ देखि ४ GPA ल्याउने १ सय १६ जना, ३.२ देखि ३.६ GPA ल्याउने १ सय ७८ जना, २.८ देखि ३.२ GPA ल्याउने १ सय ६४ जना रहेका छन् ।
यस्तै २.४ देखि २.८ GPA ल्याउने ५१ जना तथा २.० देखि २.४ GPA ल्याउने १५ जना विद्यार्थी रहेका शिक्षा शाखाले जनाएको छ ।
यस वर्ष मन्थली नगरपालिकाभित्रका ९ वटा विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेका छन् । शतप्रतिशत नतिजा ल्याउने विद्यालयहरूमा सेतीदेवी मावि, सिद्धेश्वर मावि, भैरवी मावि, रुद्राक्षेश्वर मावि, सरस्वती मावि, लिटिलस्टार स्कुल, तामाकोशी स्कुल तथा कर्कलादेवी स्कुल रहेका छन् ।