रामेछाप । नेपाली कांग्रेस रामेछाप जिल्ला सभापति कान्छाराम तामाङ निलम्बनमा परेपछि जिल्ला कार्यसमितिको कार्यवाहक सभापतिको जिम्मेवारी नवराज थोकर लाई दिइएको छ।
पार्टीको १५औँ महाधिवेशनअन्तर्गत तय गरिएको कार्यतालिका अनुसार संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउँदै पार्टीलाई थप सक्रिय बनाउन केन्द्रिय सभापति गगन थापा ले थोकरलाई कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान गरेका हुन्।
यसअघि केन्द्रिय सभापति थापाबारे विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पूर्वराज्यमन्त्री तथा निवर्तमान प्रतिनिधि सभा सदस्य समेत रहेका कान्छाराम तामाङलाई पार्टीको अनुशासन समितिले निलम्बन गरेको थियो।