(राप्रपा) अधिबेशन: अध्यक्षमा तामाङ सचीवमा खड्का निर्वाचित

  • प्रकाशित मिति: बिहिबार, माघ १ २०८२
  • तामाकोशी

रामेछाप- राष्ट्रिय प्रजातन्त्रपार्टी (राप्रपा) बागमती प्रदेश सभा निर्वाचन क्षेत्र नं. १(क) रामेछापको क्षेत्रीय परिषद् अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ।
अधिवेशनले गोरेबहादुर तामाङलाई अध्यक्षमा निर्वाचित गरेको छ। यस्तै, उपाध्यक्षमा उत्तरबहादुर बस्नेत र चन्द्रबहादुर पौडेल तथा सचिवमा अर्जुन खड्का निर्वाचित भएका छन्।
जिल्ला निर्वाचन मण्डलको रोहवरमा सम्पन्न अधिवेशनले अन्य पदाधिकारी तथा सदस्यहरू समेत चयन गरेको छ। अधिवेशनमा पार्टीको संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा आगामी कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल गरिएको थियो।नवनिर्वाचित नेतृत्वले पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई स्थानीय तहसम्म विस्तार गर्दै जनसम्पर्क अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। अधिवेशन सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ।