रामेछाप–रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भोलाकुमार भट्टले ‘पूर्ण शान्ति पुरस्कार’ प्राप्त गरेका छन्। ७०औं प्रहरी दिवसको अवसरमा शुक्रबार काठमाडौंको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले डिएसपी भट्टलाई पुरस्कार प्रदान गरेका हुन्।
रामेछापमा ‘जेन–जी आन्दोलन’का क्रममा कुनै पनि भौतिक संरचना तथा मानवीय क्षति हुन नदिई शान्ति र सुरक्षा कायम गर्न सफल भएका भट्टको नेतृत्व र संयमता उच्च सराहना गरिएको हो। उनले जिल्लामा कानून, सुव्यवस्था र नागरिक सुरक्षालाई प्राथमिकतामा राख्दै प्रभावकारी नेतृत्व प्रदर्शन गरेका थिए।
डिएसपी भट्ट यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहँदा फरार अभियुक्तहरूको पक्राउ र संगठित अपराध नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।
त्यसैगरी सोही कार्यक्रममा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डीएसपी धर्मराज भण्डारीलाई ‘सर्वोत्कृष्ट अनुसन्धानकर्ता’ पुरस्कार प्रदान गरिएको छ।