ओखलढुंगा । भदौ २ गते , भनोज भटराई,
साउन २५ देखी परेको अविरल वर्षाका कारण पुर्वी पहाडको ओखलढुंगा जिल्ला विद्युतविहीन भएको छ । विद्युत प्राधिकरणको कार्यालय शाखाका अनुसार सिरहाको लाहनदेखि गाईघाट खण्डमा रहेको टावरमा समस्या आउँदा ओखलढुंगा लगाएतका पुर्वी पहाडका जिल्ला विद्युतविहीन भएका हुन् । विद्युत प्राधिकरण ओखलढुंगाका प्रमुख संजीत शाहले साउन २५ देखीको वर्षका कारण गाईघाट लाहान खण्डमा रहेको टावरमा समस्या आएको कारण २७ गते साँझबाट विद्युतविहीन भएको बताए । साउन २७ गते देखी एक्कासि समस्या आएपछि ओखलढुंगा लगायत खोटाङ र उदयपुर पनि अन्धकार भएको छ । पानी रोकिए पनि त्रियुगा खोलामा बाढी नघटेकाले टावर मर्मतमा समस्या भएको छ । राष्ट्रिय विद्युत् प्रसारणको लाइन सिरहाको लाहान, कदमाहा, गाईघाट हुँदै खोटाङबाट ओखलढुंगा सम्म आएकोे छ । ‘लाहान गाईघाटमै समस्या आएकोकारण उदयपुर, खोटाङ र ओखलढुंगासमेत विद्युत अवरुद्ध भएको ’ त्रियुगा खोलामा बाढी आई रहेकाले
, बाढीका कारण मर्मत गर्न सक्ने अवस्था नभएकोले बिद्युत अबरुद्ध भएको नेपाल बिद्युत प्राधिकरण ओखलढुंगाका कार्यालय प्रमुख शाहको भनाई छ ।’ केन्दिय प्रसाण लाईन बन्द भएपछि अन्धकार रहेको ओखलढुंगा सदरमुकाममा स्थानीय स्तरमा भएको बिद्युतलाई समय मिलाइ वितरण गर्न जिल्लामा रहेका कृयसिल पत्रकार हरुले बिद्युत प्राधिकरणमा मागराखी ज्ञापन पत्र बुझाए पछि भने दैनिक २ घण्टा ठोट्ने खोला बाट उत्पादित बिद्युत बितरण गरीएको छ । दैनिक २घण्टा बिद्युत आपुर्ती हँुदा मोवाईल चार्ज र ल्यापटप चार्ज गर्न सहज भएको स्थानीय संचारकर्मी दानुरी शेर्पाको भनाई छ । २७ गते रातीदेखि विद्युत आपूर्ति बन्द हुँदा ओखलढुंगाबाट प्रकाशित हुदै आएका साप्ताहिक पत्र पत्रिका, र यहाँ संचालीत एफएम रेडीयो समेत बन्द भएका छन् भने बिद्युत र ईन्टरनेट सुबिधा नहुदा जिल्ला बाट संचालीत अनलाईन पत्रिकासमेत प्रभाबित बनेका छन्,। ईन्टरनेट सुबिभा केही सहज भएपनि बत्तिका कारण समाचार पोष्ट गर्न समस्या रहेको स्थानीय अनलाईन हाम्रो ओअलढुंगा डट कमकम सम्पादक नवराज कार्कीले बताए । ओखलढुंगाबाट संचालीत ४ वटै रेडीयोहरु बिद्युत अबरुद्ध पछि पुर्ण रुपमा बन्द भएका छन । जिल्ला सदरमुकाम ओखलढुंगामा आंसिक रुपमा पानी रोकीएको भए पनि दिन भरी कुईरो (हुस्सु) लागे पछि सोलारले पनि काम नगरेको कारण रेडीयो बन्द गर्नु परेको सहयात्री सामुदायिक रेडीयो ९४. २ मेगाहर्जका प्रवन्धक जीवन शर्माले बताए ।
८ दिनदेखी बिद्युत अबरुद्ध हुदा ओखलढुंगा अन्धकार
- प्रकाशित मिति: शुक्रबार, भाद्र २ २०७४
- तामाकोसी खबर